चितवनमा भूमिगत विद्युत् लाइन जडान, ९४ प्रतिशत काम सम्पन्न
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहकहरूको घरमा भूमिगत विद्युत् लाइन जोड्ने कामको थालनी गरेको छ। मङ्गलबारबाट भूमिगत लाइनमा चार्जिङको काम शुरू गरिएकोमा हालसम्म ३ सय जना सेवाग्राहीको घरमा लाइन जडान भइसकेको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार हालसम्म ९४ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी ग्राहकहरूको घरमा लाइन जडानको काम तीव्र पारिएको छ। भरतपुर महानगरपालिकाको ६ लेन सडक र बाइपास सडकको २० किलोमिटर क्षेत्रफलमा भूमिगत पद्धतिबाट लाइन प्रसारण गरिने यस परियोजनाअन्तर्गत कुल १ हजार ३०० ग्राहकलाई भूमिगत विद्युतीकरणमार्फत विद्युत् वितरण गरिनेछ।
Read full story at source (hamrakura.com)