अन्तर्वार्ताः ‘भोटेकोशी बाढीमा पूर्वसूचनालाई बेवास्ता गर्दा धेरैको ज्यान गयो : बाढीविद् विनोद पराजुली
himalpress.com · Mon Aug 31 06:16:52 GMT 2026

भोटेकोशी नदीमा गत बुधबार आएको अकल्पनीय बाढीले केही मिनेटमै नदी किनारका बस्ती, सडक, पुल र भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । रसुवाबाट सुरु भएको बाढी त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखालगायतका तटीय क्षेत्रमा फैलिँदा धेरै परिवार विस्थापित भएका छन् भने ठूलो जनधनको क्षति भएको छ। अचानक आएको यो बाढीले एउटा गम्भीर प्रश्न पनि उब्जाएको छ-यति ठूलो विपद्को पूर्वसूचना किन आउन सकेन रु आगामी दिनमा भोटेकोशी र त्रिशूली नदी आसपासको जोखिम कति छ? बाढीका कारण बनेका ताल अझै फुट्ने अवस्थामा छन् कि छैनन्? र यस्ता विपद्बाट भविष्यमा नागरिकलाई कसरी सुरक्षित गर्न सकिन्छ ? प्रस्तुत छ, यिनै विषयमा जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुली सँग राससकर्मी प्रगति ढकालले गरेको कुराकानीको सम्पादित अंशः –
गत बुधबार हामीले नसोचेको त्यति ठूलो विनाशकारी बाढी आयो । त्यसलाई कतिले हिमजन्य सुनामी पनि भनेर व्याख्या गरेका छन् । बाढी आनुअघि पूर्वसंकेत अलिकति पनि पाउनुभएन?
Read full story at source (himalpress.com)