मुस्ताङमा रातिको समयमा सवारी सञ्चालनमा रोक
nepalsamaya.com · Wed Aug 05 01:39:48 GMT 2026

मुस्ताङ- लगातार सक्रिय मनसुनका कारण मुस्ताङसहित आसपासका क्षेत्रमा भारी तथा मध्यम वर्षा भइरहेका बेला बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
प्रशासनका अनुसार साउन १६ गते रातिदेखि मुस्ताङ जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षासँगै कालीगण्डकी नदी तथा अन्य खोलाहरूको जलसतह बढ्दै गएको छ। यसका कारण कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डमा पर्ने काभ्रेभिरदेखि जोमसोम तथा जोमसोमदेखि लोमान्थाङ सडकखण्डमा बाढी र पहिरोको जोखिम उच्च बनेको जनाएको छ।
Read full story at source (nepalsamaya.com)