एन्फा तदर्थ समिति गठनको माग
kendrabindu.com · Wed Aug 05 01:37:08 GMT 2026
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बनको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले यो गतिरोध अन्त्य गर्न तदर्थ समिति गठन गर्न माग गरेको छ।
एफएमटीका अध्यक्ष भिक्टर राणाले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र पठाउँदै उक्त अनुरोध गरेका हुन् । २०१८ मा नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी, रेफ्री, प्रशिक्षक र पदाधिकारीलाई समेट्दै गठन भएको एफएमटीले एन्फा निलम्बनको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै विश्व फुटबल महासंघलाई पत्र पठाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मधुसुदन उपाध्यायले बताए।
Read full story at source (kendrabindu.com)