यी राजमार्गमा बाढी-पहिरोको सास्ती
himalpress.com · Wed Aug 05 01:48:20 GMT 2026

काठमाडौँ- अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरूमा पहिरो तथा बाढी जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको बिहान ६:२० बजेसम्मको तथ्यांकअनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी-जोमसोम सडक र रुकुम पश्चिमको भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
सिन्धुपाल्चोकको चारकिलो र कोदारीमा पहिरो खसेका कारण अरनिको राजमार्ग ठप्प भएको हो भने मुस्ताङको थासाङमा पहिरोले सडक रोकेको छ। त्यस्तै, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेशी सडक र दोलखाको लामासाँगु-रामेछाप राजमार्गमा पनि बाढीका कारण सवारी आवतजावत पूर्ण रूपमा बन्द छ।
Read full story at source (himalpress.com)