भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
nagariknews.nagariknetwork.com · Wed Aug 05 01:47:37 GMT 2026

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहकमा विद्युत लाइन जोड्न थालनी गरेको छ।
मङ्गलबारबाट भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो। आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहिको घरमा लाइन जोडिसकेको छ। आयोजनाले अहिलेसम्म ९४ प्रतिशत काम सकिसकेको जनाएको छ। ग्राहकको घरमा लाइन जडानको काममात्र बाँकी रहेको छ। आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सेवाग्राहिका घरमा जडान गर्ने कामसमेत तीव्र पारिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)