होर्मुज खुल्ने आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो
nepalviews.com · Wed Aug 05 02:38:46 GMT 2026

एजेन्सी । रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने होर्मुज (Strait of Hormuz) पुनः सञ्चालनमा आउन सक्ने खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। अमेरिकी उच्च अधिकारीहरूले ओमानको मध्यस्थतामा इरानसँग भइरहेको कुराकानी सकारात्मक मोडमा पुगेको र चालू साताभित्रै सो जलमार्गबाट इन्धन ढुवानी सहज हुनसक्ने सङ्केत गरेपछि विश्व बजारमा तेलको मूल्य तीन हप्तायताकै तल्लो विन्दुमा झरेको हो।
मङ्गलबार अन्तर्राष्ट्रिय बेन्चमार्क 'ब्रेन्ट क्रुड'को मूल्य करिब ५ प्रतिशतले घटेर प्रतिब्यारेल ८० डलरभन्दा तल ओर्लिएको छ। त्यसैगरी अमेरिकी 'वेस्ट टेक्सास इन्टरमिडिएट' (WTI) को मूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ७६ डलरमा सीमित भएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले वार्तामा प्रगति भइरहेको पुष्टि गरेका छन्। अर्थमन्त्री बेसेन्टले त मङ्गलबार वा बुधबारसम्ममै होर्मुज खुलाउने विषयमा सहमति जुट्न सक्ने र जहाजी आवागमन पुनः सामान्य बन्न सक्ने दाबी गरेका छन्।
Read full story at source (nepalviews.com)