ज्येष्ठ कलाकारको नि:शुल्क स्वास्थ्य परीक्षण
ratopati.com · Wed Aug 05 02:42:20 GMT 2026

काठमाडौँ । ६० वर्ष नाघेका कलाकारहरूको मंगलबारदेखि नि:शुल्क स्वास्थ्य परीक्षण सुरु भएको छ । मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल परिसरमा रहेको नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रले कलाकार सङ्घसँगको सहकार्यमा शाे सेवा उपलब्ध गराएको हो ।
स्वास्थ्य केन्द्रका डा.जगदीशकुमार क्षेत्रीको विशेष पहलमा सुरु भएको स्वास्थ्य परीक्षणमा ६० वर्षभन्दा माथिका चलचित्र कलाकारलाई डिमेन्सिया तथा जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइनेछ ।
Read full story at source (ratopati.com)