इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
rajdhanidaily.com · Wed Aug 05 02:43:47 GMT 2026

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ ।
साउन १८ गते बिहान करिब ११ः२० बजे इटा भट्टाको पर्खाल भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै र ४५ वर्षीय राम फेरन कोरीको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते भएका कोरीको आज बिहान करिब ३ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो ।
Read full story at source (rajdhanidaily.com)