प्रतियोगितामा केन्द्रित भलिबल संघ, ग्रासरुट कार्यक्रममा छैन ध्यान
annapurnapost.com · Wed Aug 05 02:36:05 GMT 2026
काठमाडौं : नेपाल भलिबल संघले यस आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम सार्वजनिक गर्दा प्रतियोगितालाई प्राथमिकतामा राखे पनि नेपाली भलिबलको दीर्घकालीन विकासका लागि अत्यावश्यक मानिने ग्रासरुट कार्यक्रम, प्रशिक्षक प्रशिक्षण, नियमित प्रशिक्षण र प्रतिभा पहिचानका योजनालाई भने महत्व नै दिएन।
संघले हरेक वर्ष विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई आफ्नो वार्षिक क्यालेन्डरमा समेट्दै आएको छ। तर, प्रतियोगिता आयोजना र सहभागितामै केन्द्रित कार्यक्रमले खेलाडी उत्पादनको आधार बलियो बनाउने, नयाँ प्रतिभा खोज्ने र उनीहरूलाई नियमित प्रशिक्षणमार्फत राष्ट्रिय स्तरसम्म पुर्याउने विषय भने ओझेलमा पर्दै गएको भलिबलका जानकारहरूको बुझाइ छ।
Read full story at source (annapurnapost.com)