एभरेष्ट बैंकको नाफामा सामान्य सुधार, इपीएस कति ?
arthasansar.com · Wed Aug 05 02:41:37 GMT 2026

एभरेष्ट बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफा केही बढेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अवधिमा बैंकले ५ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ४.७५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा ९ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिशन आम्दानी १ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब ५३ करोड ५ लाख रुपैयाँ थियो । बैंकको कुल सञ्चालन आम्दानी ६.२१ प्रतिशतले बढेर ११ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ११ अर्ब १७ करोड ६ लाख रुपैयाँ थियो ।
Read full story at source (arthasansar.com)