शैक्षिक परामर्श नियमावलीबारे अन्तरक्रिया: व्यवसायी र राज्यबीच सहकार्य आवश्यक रहेको निष्कर्ष
lokaantar.com

शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ को प्रभावकारी कार्यान्वयनका लागि सरकार र शैक्षिक परामर्श क्षेत्र बिच निरन्तर संवाद, आपसी विश्वास र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ। मात्र एजुकेसनको आयोजनामा सोमबार काठमाडौँ स्थित नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित ;नियमावलीपछि राज्य–शैक्षिक परामर्श क्षेत्र सहकार्यको नयाँ आयाम' विषयक अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, शैक्षिक परामर्श क्षेत्रका संघ–संस्थाका पदाधिकारी, निजी क्षेत्र तथा शिक्षा विज्ञहरूले नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा 'शैक्षिक परामर्श क्षेत्रप्रति राजनीतिक दलहरूको नीति र दृष्टिकोण' तथा 'धरौटी व्यवस्था : आवश्यकता, औचित्य र प्रभाव' विषयमा दुई चरणमा प्यानल छलफल गरिएको थियो।
Read full story at source (lokaantar.com)