डोकडो टापुमाथि जापानको दाबीप्रति दक्षिण कोरियाको विरोध
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । दक्षिण कोरिया र जापानको बीचमा अवस्थित डोकडो टापु (जापानमा ताकेशिमा भनिने) माथि जापानले पुनः क्षेत्रीय दाबी गरेकोमा दक्षिण कोरियाले मंगलबार कडा विरोध जनाएको छ। दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक, भौगोलिक र अन्तर्राष्ट्रिय कानुनका आधारमा डोकडो दक्षिण कोरियाको अभिन्न अंग भएको स्पष्ट पारेको छ।
मन्त्रालयले जापानी सरकारको अन्यायपूर्ण सार्वभौमसत्ताको दाबीप्रति आपत्ति प्रकट गर्दै जापानले मंगलबार सार्वजनिक गरेको २०२६ को रक्षा श्वेतपत्रमार्फत गरिएको उक्त दाबी तत्काल फिर्ता लिन आग्रह गरेको छ। दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयका प्रवक्ता पार्क डु–सुनले रक्षा श्वेतपत्रमा गरिएको दाबीप्रति सरकारको तर्फबाट विरोध जनाउँदै दक्षिण कोरियाको आफ्नो भूमिमाथि जापानले गरेको आधारहीन दाबीप्रति सरकार कडा विरोध गर्ने र यसलाई तत्काल फिर्ता लिन जापान सरकारसँग माग गर्ने बताएका छन्।
Read full story at source (hamrakura.com)