वाणिज्य बैंकका सीईओहरुले अर्थमन्त्रीसँग खुलेर राखे बैंकिङ क्षेत्रका समस्या
corporatenepal.com · Wed Aug 05 02:56:42 GMT 2026

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले लगानीको वातावरण नभएको भन्ने बाहिरी हल्लामा सत्यता नरहेको प्रस्ट पारे । नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सक्रियतामा भएको उक्त छलफलमा उहाँहरुले बैंकिङ क्षेत्रलाई अहिले केही पुराना नियामकिय उपचारहरूले स्वाभाविक रूपमा अप्ठ्यारो परिस्थितिमा पुर्याएको तर त्यो समाधान गर्न सकिने खालको रहेको बताए । जलविद्युत् क्षेत्रमा लगानीका लागि बैंकहरूबीच प्रतिस्पर्धा चलिरहेको भन्दै बैंकरहरूले अन्य क्षेत्रमा पनि बिस्तारै माग बढ्ने संकेत देखिएको बताए । केही सहजीकरणका कामहरू सरकारले र राष्ट्र बैंकले तत्काल गर्नुपर्ने खालका रहेका भन्दै उहाँहरुले त्यसले अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।
Read full story at source (corporatenepal.com)