एक वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित स्पेस एक्स रकेटको टुक्रा आज चन्द्रमामा ठोक्किँदै
shilapatra.com · Wed Aug 05 02:51:00 GMT 2026

अन्तरिक्षमा गत वर्षदेखि अनियन्त्रित रूपमा घुमिरहेको स्पेस एक्सको रकेटको एक ठूलो टुक्रा आज तीव्र गतिमा चन्द्रमाको सतहमा ठोक्किने भएको छ ।
यो वस्तु फाल्कन ९ रकेटको दोस्रो चरण हो, जसले सन् २०२५ जनवरीमा फायरफ्लाइ एयरोस्पेसको चन्द्र अवतरण यानलाई चन्द्रमातर्फ प्रक्षेपण गरेको थियो । करिब ४ मेट्रिक टन (४ हजार किलोग्राम) तौल भएको यो रकेट भाग अमेरिकी पूर्वी समयअनुसार बुधबार बिहान २:३५ बजे (नेपाली समयअनुसार करिब दिउँसो) चन्द्रमामा ठोक्किने अनुमान गरिएको रोयटर्स ले जनाएको छ ।
Read full story at source (shilapatra.com)