सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति
kendrabindu.com · Wed Aug 05 03:07:40 GMT 2026

काठमाडौं । विगत एक सातादेखि विभिन्न माग राख्दै वीर अस्पतालमा आमरण अनसनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच गएराति १९ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रानाभाटको टोलीबीचको निरन्तर वार्तापछि रानाभाटले आफ्नो सत्याग्रह अन्त्य गर्ने निर्णय गरेकी छन् ।
सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन् । सहमति अनुसार ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७’ बमोजिमको नर्स–बिरामी अनुपात (Nurse-to-Patient Ratio) लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ । यसका लागि संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण मार्फत आवश्यक दरबन्दी सिर्जना गरिने र करार सेवालाई क्रमशः विस्थापित गर्दै स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता सरकारले जनाएको छ । यस्तै, स्वास्थ्य सेवामा नर्सिङ तर्फका ९ औं, १० औं र ११ औं तहका दरबन्दीहरू पनि सुनिश्चित गरिने भएको छ ।
Read full story at source (kendrabindu.com)