अमेरिका र इरानबिच द्वन्द्व भड्किएपछि बढ्यो कच्चा तेलको मूल्य
ratopati.com · Mon Aug 31 06:27:29 GMT 2026

न्युयोर्क । अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार कच्चा तेलको भाउ २ प्रतिशतभन्दा धेरैले बढेको हो । अमेरिकाले आइतबार इरानको लारक द्विपमा हमला गरेपछि इरानले यसको जवाफमा जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको थियो ।
यसैबिच सोमबार लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ डलर २१ सेन्टले बढेर प्रतिब्यारेल ९० डलर ३१ सेन्टमा पुगेको छ । यो शुक्रबार कोमेक्समा कारोबार बन्द हुनु अघिको तुलनामा २ दशमलव ५१ प्रतिशत धेरै हो ।
Read full story at source (ratopati.com)