तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थालाई संसदीय समितिले छलफलमा बोलायो
kendrabindu.com · Wed Aug 05 03:12:38 GMT 2026

काठमाडौं । संसदीय समितिले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमाथि महाभियोगको दबाब आएको भन्दै विज्ञप्ति जारी गरेका तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थालाई छलफलमा बोलाएको छ। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले ती संस्थाका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो।
सोही विषयमा छलफल गर्न ती संस्थाहरूलाई समितिमा बोलाएको समितिका सभापति समीक्षा बाँस्कोटाले जानकारी दिइन्। उनका अनुसार बुधबार बिहान साढे ९ बजे छलफल गर्ने गरी ती संस्थाका प्रतिनिधिलाई बोलाइएको हो।
Read full story at source (kendrabindu.com)