रसुवागढी र टिमुरे क्षेत्रमा बाढीको अनुगमन गर्न सीसीटिभी क्यामेरा र सिस्मोमिटर जडान गरिंदै
barnanmedia.com · Mon Aug 31 06:22:07 GMT 2026

काठमाडौं । रसुवाको रसुवागढी र टिमुरे क्षेत्रमा सीसीटिभी क्यामेरा र सिस्मोमिटर जडानको काम सुरु भएको छ । भोटेकोशी बाढीको जानकारी दिने पूर्व सूचनाको स्वचालित प्रणाली र अन्य सञ्चारका उपकरण बगाएपछि त्यस क्षेत्रमा प्राकृतिक प्रकोपको पूर्वसूचना प्रणाली अवरुद्ध रहेको छ ।
शाखाले अहिले उद्दारमा खटिएका प्रहरी र सेनालाई फोन गरेर जानकारी लिँदै आएको छ । अब त्यहाँको जोखिमयुक्त क्षेत्रमा वास्तविक समयको निगरानी (real-time monitoring), बाढीको जोखिम पहिचान र पूर्व-सूचना प्रणालीको क्षमतालाई सुदृढ गर्नको लागि काम सुरु भएको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)