इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
ratopati.com · Mon Jun 08 07:17:42 GMT 2026

तेहरान । इरानको राजधानी तेहरानस्थित मेहराबाद विमानस्थलका सबै उडानहरू रद्द गरिएको छ । इरानको अर्धसरकारी समाचार संस्था मेहर समाचार एजेन्सीका अनुसार सोमबारदेखि विमानस्थलमा कुनै पनि उडान सञ्चालन गरिएको छैन ।
यो विमानस्थल इरानको प्रमुख हवाई यातायात केन्द्रमध्ये एक हो । जहाँ आन्तरिक तथा केही अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुँदै आएका थिए । उडान रद्द हुनुको कारणबारे आधिकारिक विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर पछिल्ला दिनहरूमा इजरायल र इरानबिच सैन्य तनाव तीव्र बनेको पृष्ठभूमिमा यो निर्णय आएको हो ।
Read full story at source (ratopati.com)