काठमाडौँका सडकमा असरल्ल तार (तस्बिरहरू)
ratopati.com · Wed Aug 05 03:26:18 GMT 2026

काठमाडौँ । काठमाडौँको बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले कुरूप बनेकाे छ । योजनाविहीन पूर्वाधार विस्तार, सेवा प्रदायकबिच समन्वयको अभाव, पुराना तथा प्रयोगविहीन तार समयमै नहटाइनु, पोलको सीमित क्षमता र भूमिगत पूर्वाधारको कमीले सहरभित्र अव्यवस्थित तारको समस्या बढेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ अन्तिममा काठमाडौँका विभिन्न ६ वटा मुख्य रुटमा टेलिफोन तथा इन्टरनेटका तार १५ दिनभित्र व्यवस्थापन गर्ने योजना अघि बढाएको थियो । गत असार अन्तिममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संयुक्त बैठकमा साउन १५ भित्र सबै तार व्यवस्थापन गर्ने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।
Read full story at source (ratopati.com)