बिजुलीमा भ्याटबाट सरकारले कति पैसा उठाउँछ
kendrabindu.com · Wed Aug 05 03:33:38 GMT 2026

काठमाडौं । बिजुलीमा चालु वर्षसँगै मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि सरकार आलोचना तारोमा परेको छ । विद्युत् खपत बढाउनुपर्नेमा सरकारले भ्याट लगाउँदै निरुत्साहित गर्न खोजेपछि विरोध बढेको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्ले घरायसी ग्राहकका हकमा सामान्य ५ प्रतिशत मात्रै भ्याट लगाएको र त्यसमा पनि सुरुवाती ५० युनिटमा नलाग्ने बताउँदै आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५० युनिट छुट बढाउँदै १०० देखि १५० युनिटसम्म पुर्याउने तयारीमा लागेको छ । जसअनुसार ५० युनिटबाट १०० वा १५० युनिट बनाउँदा भ्याटमा के कस्तो असर पार्छ भन्ने नेपाल विद्युत् प्राधिकरणले अनुमानित प्रक्षेपणसमेत गरेको छ ।
Read full story at source (kendrabindu.com)