छनोट नभए पनि नेपालले वुमन्स एसिया कप खेल्ने
kendrabindu.com · Wed Aug 05 03:49:06 GMT 2026
काठमाडौं । छनोट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ। क्रिकेट पोर्टल क्रिकइन्फोले जनाएअनुसार एसियाली क्रिकेट परिषद् (एसीसी) ले भारत, पाकिस्तान, डिफेन्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्यान्ड, यूएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको हो।
यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्ट २८ देखि सेप्टेम्बर १३ सम्म आयोजना हुनेछ। एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्रिकइन्फोमा जनाइएको छ। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नाक्भी एसीसीका पनि अध्यक्ष हुन्।
Read full story at source (kendrabindu.com)