बाढी प्रभावित क्षेत्र पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
ratopati.com · Mon Aug 31 06:33:46 GMT 2026

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
प्राधिकरणले सोमबार सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । ‘यस्तो आपतकालीन अवस्थामा अत्यावश्यक खोज, उद्धार तथा राहत सामाग्री ढुवानीका लागि मात्र हेलिकोप्टर प्रयोग गर्नुपर्ने भएको एवं क्रमशः वैकल्पिक मार्गहरू पनि खुल्न थालेकाले अत्यावश्यक हेली उद्धार आवश्यक नभएकाहरूले ती वैकल्पिक सडक मार्ग प्रयोग गर्न अनुरोध छ’, प्राधिकरणले भनेको छ ।
Read full story at source (ratopati.com)