भारतमा बाढी, पहिरो र चट्याङको ताण्डव: झारखण्डमा १४ जनाको मृत्यु, केरलमा २५ को ज्यान गयो
nepalviews.com · Wed Aug 05 04:10:47 GMT 2026

काठमाडौं । भारतका विभिन्न राज्यहरूमा जारी भीषण वर्षा, बाढी, पहिरो र चट्याङका कारण ठूलो जनधनको क्षति भएको छ। भारतको पूर्वी राज्य झारखण्डमा मङ्गलवार चट्याङ पर्दा कम्तीमा १४ जनाको ज्यान गएको छ भने दक्षिणी राज्य केरलमा निरन्तरको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ।
झारखण्डमा चट्याङ लागेर ज्यान गुमाउनेहरूमा गिरिडीह जिल्लाका नौ जना, दुमकाका तीन जना र लातेहारका दुई जना रहेका छन्। चट्याङबाट घाइते भएका अन्य आठ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ। यस्तै, उत्तरी भारतको जम्मु–कश्मीरस्थित शोपियाँ र बान्डीपोरा जिल्लामा आएको आकस्मिक बाढीले बस्ती, कृषि जमिन र व्यापारिक प्रतिष्ठानहरूमा व्यापक क्षति पुर्याएको छ।
Read full story at source (nepalviews.com)