इन्टरनेट छलाङ
nepalnews.com · Wed Aug 05 04:15:53 GMT 2026

नेपालमा इन्टरनेटको तीव्र विकास र विस्तार भएको प्रसंग जब कहीँकतै चल्छ, ‘नेपाली इन्टरनेटका पायोनियर’ गौरवराज उपाध्यायको स्मृतिमा २०५० को दशकका घटनाक्रम नाच्न थाल्छन्। २०५६/५७ सालतिर नेपालमा कम्प्युटर र इन्टरनेट धेरैका लागि नयाँ विषय र पहुँचबाहिरको कुरा थियो। काठमाडौँमा केहीले मात्रै इन्टरनेट चलाउँथे। डायलअप इन्टरनेट सुरुआती अवस्थामा थियो र यसको प्रयोग पर्यटन, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्थाहरूमा सीमित थियो।
उपाध्याय त्यसबेला रेडियो प्रोड्युसर थिए। २०५४ सालदेखि नियमित प्रसारणमा आएको रेडियो सगरमाथा मा साप्ताहिक रूपमा ‘फोन इन’ कार्यक्रम चलाउँथे। श्रोताहरूले फोनमार्फत विभिन्न विषयमा राखेका जिज्ञासा इन्टरनेटमा खोजेर जानकारी गराउनु कार्यक्रमको ढाँचा थियो। “सबैभन्दा बढी कृषि र रोगव्याधिसम्बन्धी जिज्ञासा हुन्थे, मैले इन्टरनेटमा खोजेर भेटेका कुरा सुनाउँथेँ,” उनी सम्झन्छन्।
Read full story at source (nepalnews.com)