सरकार र अभियान्ता रानाभाटबीचमा १९ बुँदे सहमति
corporatenepal.com · Wed Aug 05 04:10:33 GMT 2026
काठमाडौँ । विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियान्ता ज्योति रानाभाटले अनसन अन्त्य गरेकी छिन् । सरकारी वार्ता टोली र अभियान्ता रानाभाटका बीचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि अभियान्ता रानाभाटले अनसन अन्त्य गरेकी हुन् । नर्ससमेत रहेकी रानाभाटले यही साउन १४ गतेदेखि अनसनमा बसेकी थिइन् ।
सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरेका छन् । सहमतिका बुँदाहरूमा सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत नर्स तथा मिडवाइफलगायत स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सम्मानजनक सेवा, शर्त र सुविधा निर्धारण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गरी कम्तीमा छ महिनाभित्र कार्यसम्पन्न गर्ने रहेका छन् ।
Read full story at source (corporatenepal.com)