नवप्रवर्तकलाई प्रोटोटाइप विकासदेखि उत्पादन बजारीकरणसम्म सहयोग गर्न ऐन ल्याउने मन्त्री पुनकाे घोषणा
techpana.com · Wed Aug 05 04:25:56 GMT 2026

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तकलाई प्रोटोटाइप विकासदेखि उत्पादनको व्यावसायीकरणसम्म सरकारी सहयोग सुनिश्चित गर्न पाँच महत्वपूर्ण व्यवस्था ऐनमार्फत कडाइका साथ लागु गर्ने घोषणा गरेका छन् ।
मन्त्री पुनका अनुसार नवप्रवर्तकलाई मानिसहरूले प्रयोग गर्न सक्ने उपयोगी वस्तु वा सेवाको प्रोटोटाइप (नमुना) विकासका लागि सरकारी सहयोग उपलब्ध गराइनेछ । सफल प्रोटोटाइपलाई बजारमा लैजान सकिने उत्पादन (प्रोडक्ट) मा रूपान्तरण गर्न पनि मन्त्रालयले मद्दत गर्ने उनले बताएका छन् ।
Read full story at source (techpana.com)