यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
arthasansar.com · Wed Aug 05 04:32:46 GMT 2026

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री भएको छ । बिक्री प्रबन्धक एलएस क्यापिटलका अनुसार साउन १२ गते उक्त लिलाम सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको संस्थापक समूहतर्फको ६३ हजार ८४७ कित्ता सेयर पहिलोचोटी गत जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बढाबढ मार्फत बिक्री गर्ने गरी बोलपत्र आह्वान गर्दा साविकका संस्थापक सेयरधनीहरूबाट निवेदन परेको थिएन । संस्थापक सेयधरनीहरूबाट निवेदन प्राप्त नभएपछि कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारण सहित सबैले खरीद गर्न पाउने निर्णय गरी दोस्रोपटक असार २५ गतेदेखि साउन १ गतेसम्म बोलपत्र आह्वान गरेको थियो ।
Read full story at source (arthasansar.com)