भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
rajdhanidaily.com · Wed Aug 05 04:35:21 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहकका घरमा भूमिगत विद्युत् लाइन जोड्न थालेको छ।
मङ्गलबारदेखि भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो। आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहीको घरमा लाइन जोडिसकेको छ। आयोजनाले अहिलेसम्म ९४ प्रतिशत काम सकिएको जनाएको छ। ग्राहकका घरमा लाइन जडान गर्ने काम मात्र बाँकी छ।
Read full story at source (rajdhanidaily.com)