इरान युद्धका कारण लामो दुरीका सटीक क्षेप्यास्त्र भण्डार रित्तियो : मिडिया रिपोर्ट
kendrabindu.com · Wed Aug 05 04:41:30 GMT 2026

काठमाडौं । अमेरिकाले इरानविरुद्धको युद्धका क्रममा आफ्ना लामो दुरीका सटीक क्षेप्यास्त्रहरूको विश्वव्यापी भण्डारको ठूलो हिस्सा प्रयोग गरिसकेको रोयटर्स र सीबीएसले आफ्नो रिपोर्टमा दाबी गरेका छन् ।
तीन स्रोतलाई उद्धृत गर्दै रोयटर्सले अमेरिकाले आफ्ना आर्मी ट्याक्टिकल मिसाइल सिस्टम्स र प्रिसिजन स्ट्राइक मिसाइल्सको विश्वव्यापी भण्डारको लगभग सबै हिस्सा प्रयोग गरिसकेको जनाएको छ । सीबीएस न्युजले पनि अमेरिकाले यी हतियारहरूको आफ्नो विश्वव्यापी भण्डार झन्डै रित्याइसकेको रिपोर्ट गरेको छ । यद्यपि, पेन्टागनले भने यी दाबीहरूको खण्डन गरेको छ ।
Read full story at source (kendrabindu.com)