झापामा छिमेकी पालिकाबीच सिकाइको अभ्यास
reportersnepal.com · Wed Aug 05 04:42:09 GMT 2026

भद्रपुर (झापा), २० साउन । आफ्ना सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छिमेकी पालिकाले अपनाएका असल अभ्यासबाट सिक्ने उद्देश्यसहित यहाँको कचनकवल गाउँपालिकाको कर्मचारी टोलीले हल्दीबारी गाउँपालिकाको अध्ययन तथा अवलोकन भ्रमण गरेको छ । पालिकाबीचको अनुभव आदानप्रदानमार्फत सेवा सुधारका सम्भावना पहिचान गर्ने लक्ष्यसहित प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल नेतृत्वको टोली मङ्गलबार हल्दीबारी पुगेको थियो ।
भ्रमणका क्रममा टोलीले हल्दीबारी गाउँपालिकाद्वारा सञ्चालित १५ शय्याको आधारभूत अस्पताल, पशु अस्पताल तथा गाउँपालिकाका विभिन्न शाखाको प्रत्यक्ष अवलोकन गरेको थियो । टोलीले अस्पताल सञ्चालन व्यवस्थापन, सेवा प्रवाहको अवस्था, प्रशासनिक कार्यशैली तथा अन्य शाखाले प्रदान गरिरहेका सेवाबारे जानकारी लिएको हो ।
Read full story at source (reportersnepal.com)