लघुवित्त पीडित अझै सडकमा : ५ बुँदे सहमति ‘पीडितको हितविपरीत’
annapurnapost.com · Wed Aug 05 04:56:12 GMT 2026

काठमाडौं : सरकारसँग भएको ६ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै लघुवित्त तथा वित्तीय शोषण पीडितहरू पुनः आन्दोलनमा उत्रिएका छन्। तीन वर्षअघि सुरु भएको आन्दोलन पटक–पटक वार्ता र सहमतिमा टुंगिए पनि प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै पीडितहरूले काठमाडौंको माइतीघरमा पुनः आन्दोलन चर्काएका छन्।
लघुवित्तबाट ऋण लिएपछि चर्को ब्याज, सामूहिक दबाब, धितो लिलाम, कालोसूची र असुलीका क्रममा अन्याय परेको भन्दै देशका विभिन्न जिल्लाका पीडितहरूले २०७९ सालदेखि आन्दोलन सुरु गरेका थिए। देशभर फैलिएको यो आन्दोलन २०८० मा काठमाडौं केन्द्रित बनेको थियो।
Read full story at source (annapurnapost.com)