४८ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको नाफा प्रतिसेयर आम्दानी कति ?
arthasansar.com · Wed Aug 05 05:02:57 GMT 2026

महालक्ष्मी विकास बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा ४८ प्रतिशतको वृद्धि भएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ । बैंकले गत आर्थिक वर्षमा ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ४८.४० प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा ४२ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
Read full story at source (arthasansar.com)