एलजी सीपशिक्षा कार्यक्रमको १६औँ ब्याच सञ्चालन दिगो जीविकोपार्जनका लागि सीप विकास अभियानलाई निरन्तरता
ajakoartha.com · Wed Aug 05 05:07:00 GMT 2026

काठमाडौं- नेपाली युवाहरूलाई प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित ‘एलजी सिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच काठमाडौँमा सुरु भएको छ। चौधरी फाउन्डेसन र एलजी इलेक्ट्रोनिक्सको संयुक्त पहलमा यो कार्यक्रम सञ्चालन हुँदै आएको हो।
सन् २०२४ मा सुरु भएको यस अभियानअन्तर्गत हालसम्म १६ वटा प्रशिक्षण ब्याचहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। पोलिटेक्निक, इलेक्ट्रिकल र मेकानिकल विधामा केन्द्रित यस तालिममार्फत हालसम्म ३३२ जना युवाहरूले व्यावसायिक शिक्षा प्राप्त गरिसकेका छन् भने हाल सुरु भएको १६औँ ब्याचमा १८ जना सहभागी रहेका छन्।
Read full story at source (ajakoartha.com)