नागढुंगा सुरुङबाट निस्केको पानीको सदुपयोगबारे सांसद तिमिल्सिनाले उठाइन प्रश्न
ratopati.com · Mon Jun 08 07:30:33 GMT 2026

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले नेपाली इन्जिनियरले आफ्नै दक्षतामा सुरुङ मार्ग निर्माण गरेकोमा प्रशंसा गरेकी छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले नेपाली प्राविधिकहरूको क्षमतालाई कदर गर्दै उनीहरूलाई स्वदेशमै टिकाउने वातावरण बनाउनुपर्ने बताइन् ।
उनले सुरुङ निर्माणका क्रममा निस्किएको पानीलाई खेर जान नदिई सदुपयोग गर्ने योजनाबारे पनि जिज्ञासा राखिन् । उनले भनिन्, ‘सुरुङ मार्ग हेर्दा राम्रो लाग्यो। मलाई बुझ्न मन लागेको कुरा, सुरुमा जग्गाको मुद्दा मामिला परेको थियो, अहिले स्थानीयको सहयोग वा विरोध के कस्तो छ ? अर्को पानीको कुरा, सुरुङबाट निस्कने पानीलाई कसरी सदुपयोग गर्ने योजना छ ?’
Read full story at source (ratopati.com)