हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
nepalnews.com · Wed Aug 05 05:29:56 GMT 2026

काठमाडौँ। गत १ वैशाखदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको विशेष अभियानमा अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यकाबाट आठ, कोशी प्रदेशबाट १४, मधेश प्रदेशबाट ११, बागमती प्रदेशबाट पाँच, गण्डकी प्रदेशबाट १८, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट पाँच जना पक्राउ परेका हुन्। उनीहरूबाट चाइनिज पेस्तोल दुई थान, पेस्तोल दुई थान, रिभल्भर एक थान, कटुवा पेस्तोल नौ थान, भरुवा बन्दुक ४१ थान, बन्दुक नौ थान र एयरगन तीन थान बरामद भएको छ।
Read full story at source (nepalnews.com)