कर्णालीमा चुनौतीका चाङमाथि मंगलको सत्ता यात्रा
ratopati.com · Wed Aug 05 05:33:14 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सभा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीलाई आफू मुख्यमन्त्री बनौँला भन्ने लागेकै थिएन । उनी नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन हिँडेका थिए ।
कांग्रेस नेता शाहीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै उनले असार ३२ गते तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए । नेपाली कम्युनिस्ट पार्टी र कांग्रेसले ल्याएको अविश्वास प्रस्तावकै कारण कँडेल मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भए । केन्द्रमा एमाले–नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच सहकार्य हुने चर्चा चलिरहेकै समयमा कर्णालीमा भने नेकपाले नेपाली कांग्रेसलाई सरकार बनाउन साथ र समर्थन जनाएको थियो ।
Read full story at source (ratopati.com)