पेस्तोलसहित तीनजना पक्राउ
baahrakhari.com · Wed Aug 05 05:46:23 GMT 2026

काठमाडौं । सिराहाबाट पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । लहान नगरपालिका–२२ सलोखरीबाट एक थान पेस्तोल र म्याग्जिनसहित तीनजना मंगलबार राति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सबरजीत दास, २० वर्षीय गुरूदेव दास र १९ वर्षीय सञ्जय दास रहेको प्रहरीले बताएको छ ।
Read full story at source (baahrakhari.com)