जापानको क्षेप्यास्त्र परीक्षणपछि उत्तर कोरियाको कडा चेतावनी
ratopati.com · Wed Aug 05 05:54:58 GMT 2026

प्योङयाङ । जापानले अमेरिकामा बनेको टमाहक क्रुज क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियाले चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले उक्त परीक्षणको विरोधमा थप सैन्य कदम चाल्न सक्ने चेतावनी दिएकी हुन् ।
बुधबार सरकारी समाचार संस्था केसीएनएमार्फत जारी गरिएको वक्तव्यमा किम यो जोङले जापान आफ्नो परम्परागत रक्षात्मक सैन्य नीतिबाट हटेर अग्रिम आक्रमण गर्न सक्ने सैन्य शक्ति बन्ने दिशामा अघि बढिरहेको आरोप लगाएकी छन् ।
Read full story at source (ratopati.com)