हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जना पक्राउ
annapurnapost.com · Wed Aug 05 05:50:13 GMT 2026

काठमाडौं : प्रहरीले तीन महिनाको अवधिमा हात हतियारसम्बन्धी मुद्दामा देशभरबाट ८४ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको हो ।
जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल २ थान, पेस्तोल २ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ९ थान, भरूवा बन्दुक ४१ थान, बन्दुक ९ थान र एयरगन ३ थान गरी जम्मा ६७ थान हातहतियार बरामद भएको छ ।
Read full story at source (annapurnapost.com)