करोडौँ खर्चेर बनेको पुल प्रयोगविहीन, मुआब्जा विवादले आवतजावत ठप्प
kalakarmi.com · Wed Aug 05 05:57:19 GMT 2026

मुगु- मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-१ अल्कासाँघुस्थित गमगाड खोलामा निर्माण सम्पन्न भएको पक्की पुल मुआब्जा विवादका कारण १८ महिनादेखि सञ्चालनमा आउन सकेको छैन । पुलका लागि प्रयोग गरिएको जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले पुल बन्द गराएपछि स्थानीयवासी र यात्रुहरू समस्यामा परेका छन् ।
पुल सञ्चालनमा नआएपछि सवारीसाधनहरू हिउँदमा खोलाबाटै आवतजावत गर्दै आएका थिए । तर पछिल्ला दिनमा लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेपछि समेत स्थानियहरु पुलमा हिँड्न पाएका छैनन् । यसबाट छायाँनाथ रारा नगरपालिकाका वडा नं. १०, ११ र १२ तथा मुगुम कार्मारोङ गाउँपालिकाका हजारौं नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत अल्कासाँघुमा रहेको गमगाड खोलामा डिभिजन सडक कार्यालय जुम्लाले करिब ८ करोड रुपैयाँ लागतमा ४० मिटर लामो र ११ मिटर चौडा पक्की पुल निर्माण गरेको थियो ।
Read full story at source (kalakarmi.com)