अमेरिकाले रद्द गर्यो ब्राजिलका राजदूतको भिसा
ratopati.com · Wed Aug 05 06:05:44 GMT 2026

वासिङ्टन डीसी । अमेरिकाले वासिङ्टनका लागि ब्राजिलकी राजदूत मारिया लुइजा रिबेइरो भियोटीको भिसा रद्द गरेको छ । यो कदमलाई ब्राजिलको आगामी निर्वाचनअघि दुवै देशबिच बढ्दो कूटनीतिक तनावको पछिल्लो घटनाका रूपमा हेरिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार यो निर्णय ब्राजिलले गत महिना अमेरिकी विदेश मन्त्रालयका दुई अधिकारीलाई प्रवेश भिसा दिन अस्वीकार गरेपछि पारस्परिक कदमका रूपमा चालिएको हो । भिसा रद्द गरिए पनि भियोटीलाई अमेरिकाबाट निष्कासन गरिएको छैन ।
Read full story at source (ratopati.com)