युरोपमा टेक रोडशो गर्दै नास आईटी, नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने
corporatenepal.com · Wed Aug 05 05:56:50 GMT 2026

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (NAS-IT) ले भदौ २१ गतेदेखि असोज ५ गतेसम्म (सेप्टेम्बर ६ देखि २१) संयुक्त अधिराज्य (यूके) र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोडशो युरोप (यूके र स्विट्जरल्यान्ड) २०२६’ आयोजना गर्ने भएको छ ।
रोडशोमार्फत नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूलाई युरोपका व्यवसाय, स्टार्टअप, लगानीकर्ता, इनोभेसन हब तथा गैरआवासीय नेपाली प्रविधि समुदायसँग जोड्दै नयाँ व्यावसायिक साझेदारी, प्रविधि निर्यात र लगानीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको नास आईटीले जनाएको छ ।
Read full story at source (corporatenepal.com)