किभमा रुसी क्षेप्यास्त्र आक्रमण,कम्तिमा १४ जनाको मृत्यु,कयौं घाइते
annapurnapost.com · Wed Aug 05 06:12:32 GMT 2026

काठमाडौं : रुसले युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ।
मंगलबार राति भएको आक्रमणको क्रममा घण्टौंसम्म साइरन बजेको थियो भने शहरभित्र र बाहिर असंख्य क्षेप्यास्त्रहरू खसेका थिए। तकाचेन्कोले बोरिस्पिल जिल्लामा नौ जना, बुचा जिल्लामा चारजना र फास्टिभ जिल्लामा एकजनाको मृत्यु भएको बताए।
Read full story at source (annapurnapost.com)