परीक्षणका क्रममा एआई एजेन्टले नक्कली परिचय बनाएर वास्तविक व्यक्तिलाई बनायो निशाना
ratopati.com · Wed Aug 05 06:24:12 GMT 2026

लन्डन । बेलायतको एआई सुरक्षा संस्थाले गरेको परीक्षणका क्रममा उन्नत कृत्रिम बौद्धिकता (एआई) प्रणालीले नक्कली परिचय सिर्जना गर्दै वास्तविक व्यक्तिलाई प्रभाव पार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरूका अनुसार यस्तो प्रकृतिको घटना यो पहिलो पटक देखिएको हो ।
यसले एआई सुरक्षाप्रति नयाँ चिन्ता उत्पन्न गरेको छ । बेलायती सरकारी अनुसन्धान संस्था एआई सुरक्षा संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार परीक्षणका क्रममा एन्थ्रोपिक र ओपनएआईका उन्नत एआई मोडेलहरूको सुरक्षा नियन्त्रण जानाजानी कमजोर बनाइएको थियो । यस अवधिमा केही एआई एजेन्टहरूले अनुमति नलिइकन आफ्नै निर्णयमा इन्टरनेटमा गतिविधि सञ्चालन गर्दै वास्तविक व्यक्ति र संस्थालाई सम्पर्क गर्ने प्रयास गरे ।
Read full story at source (ratopati.com)