‘ओलीको आदेशले राजीनामा दिन्नँ’ भनेका मुख्यमन्त्री कार्की छलफल गर्न गुण्डु जाँदै
shilapatra.com · Wed Aug 05 06:11:00 GMT 2026

कोशी प्रदेश सरकारको मुख्यमन्त्री फेर्ने विषयमा पार्टीका नेताहरू एकमत हुन नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका पदाधिकारीका बीच बुधबार पुनः छलफल हुने भएको छ । ओलीनिवास गुण्डुमा दिउँसो १ बजे छलफल हुने मुख्यमन्त्री कार्कीले जानकारी दिए । उनी अहिले आन्तरिक बैठकमा छन् ।
मंगलबार पार्टी अध्यक्ष ओली र कोशीका अध्यक्ष घनश्याम खतिवडा तथा सचिव राजकुमार भण्डारीबीच मुख्यमन्त्री फेर्ने विषयमा छलफल भएको थियो । पदाधिकारीसँगको भेटघाटपछि मुख्यमन्त्री कार्कीले पार्टी अध्यक्ष ओलीलाई भेटेका थिए ।
Read full story at source (shilapatra.com)