ताप्लेजुङमा बनिरहेको मध्य मेवा र सिवा खोला हाइड्रोको लागत साढे २१ अर्ब पुग्यो
clickmandu.com · Wed Aug 05 06:32:29 GMT 2026

काठमाडौं । कुल ८२.८ मेगावाट जडित क्षमता भएका निर्माणाधीन २ अर्धजलाशययुक्त (पीआरओआर) आयोजनाको लागत १० प्रतिशतले बढेको छ । आयोजनाको सिभिल निर्माण, हाइड्रो–मेकानिकल कार्य, पूर्वाधार तथा निर्माण अवधिको ब्याजमा भएको वृद्धिले लागत बढाएको हो ।
ताप्लेजुङको मिखुवा खोला गाउँपालिकामा निर्माण भइरहेका ७३.५ मेगावाटको मध्य मेवा जलविद्युत् आयोजना र ९.३ मेगावाटको सिवा खोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत बढेको हो । जसअनुसार अघिल्लो अनुमानित १९ अर्ब ५० करोड रुपैयाँ रहेकोमा १० प्रतिशतले बढेर २१ अबए ४१ करोड रुपैयाँ पुगेको छ । आयोजनाको लागत बढेसँगै प्रतिमेगावाट निर्माण लागत करिब २३ करोडबाट बढेर करिब २५ करोड रुपैयाँ पुगेको छ ।
Read full story at source (clickmandu.com)