न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र, सक्षम र निष्पक्ष छ : मुख्य रजिस्ट्रार पौडेल
ratopati.com · Wed Aug 05 06:56:31 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नेपालको न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र, सक्षम र निष्पक्ष रहेको दाबी गरेका छन् । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मुख्य रजिस्ट्रार पौडेलले न्यायपालिकाको स्वतन्त्रताका विषयमा कुनै पनि दुबिधा पाल्नु नपर्ने स्पष्ट पारेका हुन्।
न्यायपालिकालाई कानुनको शासनको पहरेदार निकायका रूपमा चित्रण गर्दै उनले यो संस्था संविधानवादको मुख्य आधारस्तम्भ रहेको बताए । ‘न्यायपालिकाले कानुनको शासनको मूल्य र मान्यता अनुसार नै आफ्ना कार्यहरू सम्पादन गरिरहेको छ,’ उनले भने, ‘यसमा कतैबाट पनि कुनै किसिमको हस्तक्षेप छैन।’
Read full story at source (ratopati.com)