झापाको अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी
khabarhub.com · Wed Aug 05 06:57:49 GMT 2026

भद्रपुर – यहाँको अर्जुनधारा नगरपालिकामा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले सङ्कलन गरेको सात हजार ३०१ दाबीको पहिचान, छानबिन र प्रमाणीकरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
नगरपालिकाका भूमि शाखा प्रमुख चूडामणि निरौलाका अनुसार ११ वटै वडाले पहिचान र प्रमाणीकरणका लागि सातदिने सूचना प्रकाशन गरिसकेका छन् ।
Read full story at source (khabarhub.com)